जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २२, मंगलवार १६:३३
जनमत पार्टीका सचिव साहसहित ७ जनाको निलम्बन फुकुवा

काठमाडौं : जनमत पार्टीका सचिव बीपी साहसहित सात जनाको निलम्बन फुकुवा भएको छ।

तोकिएको अवधि सकिएपछि पार्टी काममा फर्कने गरी निलम्बन फुकुवा भएको जनमत पार्टीले जनाएको हो।

पार्टीको नीति बिपरीतका गतिविधिमा संलग्न भएको आरोपमा साह सहितका नेताहरु तीन महिने निलम्बनमा परेका थिए।

अनुशासन समितिको सिफारिसमा जनमतको केन्द्रीय समितिका केन्द्रीय सचिव बीपी साहसहित, केन्द्रीय सदस्य रामेश्वर यादव, सिरहाको मिर्चैया नगरपालिकाका नगर सचिव कृष्णचन्द्र साह, सिरहाका पूर्वजिल्ला अध्यक्ष अरबिन्द सहनी, मिर्चैयाका साधारण सदस्य धिरज कामती, मिर्चैया नगरका पूर्वसचिव दिपनारायण यादव र वडा प्रत्यासी अनिताकुमारी यादव निलम्बन परेका थिए।

प्रकाशित मिति: २०८१ आश्विन २२, मंगलवार १६:३३

तपाईको प्रतिक्रिया !