कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ
मधेशपत्र मधेशपत्र २०८१ आश्विन २२, मंगलवार १४:२०
कञ्चनपुरमा तास खेलिरहेको अवस्थामा ९ जना पक्राउ

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-७ कालापानीबाट तास खेलिरहेको अवस्थामा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार सोमबार राति साढे १ बजे कालापानी स्थित मान सिंह ठगुन्नाले सञ्चालन गरेको धामी कटेजमा तास खेलिरहेको अवस्थामा ९ जनालाई पक्राउ गरिएको हो।

ADVERTISEMENT

उनीहरूका साथबाट १ हजार ४ सय ६० रुपैयाँ र तीन गड्डी तास प्रहरीले बरामद गरेको छ।

पक्राउ पर्नेमा शुक्लाफाँटा–७ का २४ वर्षीय विपिन सिंह, सोही ठाउँका १ वर्षीय सौरभ सिंह, २३ वर्षीय सौरभ पाल, ३२ वर्षीय रघुवीर भट्ट, २३ वर्षीय मानसिंह ठगुन्ना, वर्ष ३० का नरेन्द्रसिंह, ३८ वर्षीय सिद्ध धामी, २४ वर्षीय दीपक बोगटी र ३१ वर्षीय शंकर धामी छन्।

प्रकाशित मिति: २०८१ आश्विन २२, मंगलवार १४:२०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !