उद्योगमन्त्री मियाँद्वारा लालबन्दीमा ल्याण्ड-मार्क सपिङ्ग मल उद्घाटन

उद्योगमन्त्री मियाँद्वारा लालबन्दीमा ल्याण्ड-मार्क सपिङ्ग मल उद्घाटन
मधेशपत्र मधेशपत्र २०८१ आश्विन १७, बिहीबार २१:३५
उद्योगमन्त्री मियाँद्वारा लालबन्दीमा ल्याण्ड-मार्क सपिङ्ग मल उद्घाटन

सर्लाही : मधेश प्रदेशका उद्योग ,वाणिज्य तथा पर्यटनमन्त्री सकिल अलि मियाँले लालबन्दीमा ल्याण्डमार्क सपिङ्ग मलको उद्घाटन गरेको छ।

बिहीबार लालबन्दी नगरपालिका -७ लालबन्दी बजारमा ल्याण्डमार्क सपिङ्ग मलको उद्घाटन गर्दै मधेश प्रदेशका उद्योगमन्त्री मियाँले शुभकामना मन्तव्य दिदै उनले निजि क्षेत्रका लगानीकर्ताहरुलाई मधेश प्रदेशमा उद्योगहरु स्थापना गर्न आग्रह गरेका छन् । उनले उद्योगहरु स्थापना गरि रोजगारी सिर्जना गर्नुपर्ने मन्त्री मियाँले बताए ।

उक्त सपिङ्ग मल उद्घाटन कार्यक्रममा मधेश प्रदेश सभा सदस्य तथा पुर्वमन्त्री बेची लुङेली,लालबन्दी नगरपालिकाका नगरप्रमुख,उद्योग वाणिज्य संघ लालबन्दीका पदाधिकारीहरु,नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्रीलगाइतका विषेश व्यक्तित्वहरुको उपस्थिति रहेको थियो।

सो कार्यक्रम ल्याण्ड-मार्क सपिङ्ग मलका संचालक दिनेश खतरीको अध्यक्षतामा सम्पन्न भएको हो।

प्रकाशित मिति: २०८१ आश्विन १७, बिहीबार २१:३५

तपाईको प्रतिक्रिया !