बलान बिहुलमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

बलान बिहुलमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर
लोकेन्द्रप्रसाद यादव लोकेन्द्रप्रसाद यादव २०८१ आश्विन १७, बिहीबार १२:५२
बलान बिहुलमा नेपाली सेनाद्वारा निःशुल्क स्वास्थ्य शिविर

राजबिराज : सप्तरीको ग्रामीण क्षेत्रमा नेपाली सेनाको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

बलान बिहुल गाउँपालिका-१ को स्वास्थ्य चाैकीमा बुधबार स्वास्थ्य शिविर सञ्चालन भएको थियो । एक दिने स्वास्थ्य शिविर स्थानीय बासिन्दाहरुलाई प्रभावकारी रुपमा स्वास्थ्य उपचार सुविधा दिने उद्देश्यले ग्रामीण क्षेत्रमा स्वास्थ्य शिविर गरेको सेनाले जनाएको छ ।

बलान बिहुल गाउँपालिकाकाे समन्वयमा नेपाली सेना श्री बरख गण राजविराज सप्तरीद्वारा बुधबार बिहान १० बजेदेखि अपराह्न ३ बजेसम्म सञ्चालन भएको शिविरमा जनरल मेडिसिन,आँखा,नाक,कान,छाला रोग,छातीसम्बन्धी रोगको जाँच भई औषधी वितरण भएको थियो ।

त्यसै गरी सो शिविरमा रोग,स्त्री रोग, बाल रोग, नसा तथा मानसिक रोग, हाड जोर्नी, आँखा सम्बन्धी रोग, अल्टरासाउण्ड समेत गरेको थियो ।

साे शिविरमा नेपाली सेनाका आँखा, दन्त, जेनरल मेडिसिनका विशेषज्ञ डाक्टरहरुले सेवा दिएको बलान बिहुल गाउँपालिका अध्यक्ष खेमचन्द्र यादवले जानकारी दिए । गाउँपालिका बासीको नेपाली सेना प्रति विश्ववास बढेको बताए ।

स्वास्थ्य चाैकी मल्हनियाँका प्रमुख जन स्वास्थ्य निरीक्षक रोशन साहले भने शिविरमा जाँच गराउन आएका सम्पूर्ण बिरामीको गाउँपालिकाले नि:शुल्क ल्याब सेवा प्रदान गरेको बताए । उहाँले भने शिविरमा स्थानीय तीन सय जना भन्दा बढीले सेवा लिएको जानकारी दिनुभयो ।

शिविरमा ईसिजी तथा रक्तचाप,मधुमेह चेकजाँचलगायतका स्वास्थ्य सेवाहरू उपलब्ध गराई चिकित्सकहरूको सिफारिस अनुसार निःशुल्क चस्मा र औषधिसमेत वितरण गर्ने व्यवस्था गरेको नेपाली सेनाका डाक्टर सम्राट साहले जनाएको छ ।

प्रकाशित मिति: २०८१ आश्विन १७, बिहीबार १२:५२

तपाईको प्रतिक्रिया !