व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन आएको छैन् : सीके राउत

व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन आएको छैन् : सीके राउत
मधेशपत्र मधेशपत्र २०८१ भाद्र ३०, आईतवार १८:४९
व्यवस्था परिवर्तन भएपनि जनताको अवस्थामा परिवर्तन आएको छैन् : सीके राउत

बर्दिया : जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले देशको व्यवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएको बताए ।

आइतबार बर्दियाको गुलरियामा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष डा.राउतले गणतन्त्रलाई सुधार गर्नका लागि ‘नौलो गणतन्त्र’ आन्दोलनको घोषणा गरेको जिकिर गरे।

देश राजनैतिक दल र नेताहरूको स्वेच्छाचारी, तानाशाही, भ्रष्टाचार र अकर्मण्यताले असफल राष्ट्र बन्ने र अस्तित्व नै समाप्त हुने ठाउँमा पुगेको उल्लेख गर्दै उनले ‘दोस्रो गणतन्त्र’ र ‘सामाजिक लोकतन्त्र’का लागि यूवालाई तयार अपिल गरेका हुन ।

देशका अख्तियार दुरूपयोग अनुसन्धान आयोग, निर्वाचन आयोगसहित संवैधानिक निकायहरू, संस्थानहरू सबै राजनैतिक पार्टीहरूका राजनैतिक नियुक्ति र सौदाबाजी गर्ने स्थत रहेको जिकिर गर्दै अध्यक्ष डा. राउतले संबैधानिक नियुक्तिहरु जननिर्वाचत हुने व्यवस्था लागू गरेपछि मात्रै सुधार हुने बताए ।

उक्त कार्यक्रममा जनमत पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत,पार्टीका उपाध्यक्ष अब्दुल खान,अनुशासन विभाग प्रमुख ई.दीपककुमार साह,सचिव राधाकुमारी यादवले मन्तव्य राखेको थियो।

सो कार्यक्रममा पार्टीका नेताकार्यकर्ताहरुको बाक्लो सहभागिता रहेको पार्टीका राष्ट्रिय उपाध्यक्ष तथा अनुशासन विभाग प्रमुख ई.दीपककुमार साहले बताए ।

प्रकाशित मिति: २०८१ भाद्र ३०, आईतवार १८:४९

तपाईको प्रतिक्रिया !