जनमत पार्टीले १६ जिल्लाका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने, यस्तो छ तालिका

जनमत पार्टीले १६ जिल्लाका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने, यस्तो छ तालिका
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८१ भाद्र २९, शनिबार १६:०२
जनमत पार्टीले १६ जिल्लाका नेता-कार्यकर्तालाई प्रशिक्षण दिने, यस्तो छ तालिका

जनकपुरधाम : डा. सीके राउत नेतृत्वको जनमत पार्टीले १६ जिल्लाका नेताकार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यतालिका सार्वजनिक गरेको छ ।

भदौ ३० (भोली)देखि असोज १४ गतेसम्म तराई/मधेशका १६ जिल्लाका नेता-कार्यकर्तालाई प्रशिक्षण कार्यक्रम संचालन गर्न लागेको हो ।

जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डलका अनुसार बर्दियाबाट प्रशिक्षण कार्यक्रम शुभारम्भ गरिनेछ । बर्दियाको जिल्ला समन्वय समितिको सभाहलमा प्रशिक्षण कार्यक्रमको उद्घाटन अध्यक्ष डा. राउतले गर्नेछन् ।

यस्तै भदौ ३१ गते सोमवार बांके, असोज १ गते मंगलबार कपिलवस्तु, असोज २ गते बुधबार नवलपरासी, असोज ३ गते बिहिवार रुपन्देही, असोज ४ शुक्रबार धनुषा र असोज ५ गते शनिबार महोत्तरी जिल्लाको नेताकार्यकर्ताहरुलाई प्रशिक्षण दिइनेछ ।

त्यस्तै असोज ६ गते सर्लाही, असोज ७ गते रौतहट, असोज ८ गते बारा, असोज ९ गते पर्सा, असोज १० गते सिरहा, असोज ११ गते सप्तरी, असोज १२ गते सुनसरी, असोज १३ गते मोरङ र असोज १४ गते झापामा अध्यक्ष डा. राउतले नेता-कार्यकर्ताहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

प्रशिक्षण कार्यक्रममा जनमत पार्टी जिल्ला समन्वय समितिका पदाधिकारीसहित सम्पुर्ण सदस्य, पार्टीका पालिका अध्यक्ष, वडा समितिका अध्यक्षसहित नेताकार्यकर्ताहरु सहभागी हुने बताइएको छ ।

पार्टी प्रवेश गर्न इच्छुक व्यक्तिहरूले पनि सम्बन्धित जिल्लाका इन्चार्जसंग समन्वय गरी पार्टी प्रवेश गर्न जनमत पार्टीका सचिवालय प्रमुख राजेश मण्डलले आग्रह गरेका छन् ।

यस्ता छ कार्यक्रमको तालिका:

प्रकाशित मिति: २०८१ भाद्र २९, शनिबार १६:०२

तपाईको प्रतिक्रिया !