मधेशका मुख्यमन्त्री सिंह र प्रशासनमन्त्री गुप्ताबीच भेटवार्ता

मधेशका मुख्यमन्त्री सिंह र प्रशासनमन्त्री गुप्ताबीच भेटवार्ता
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २८, शुक्रबार १८:३५
मधेशका मुख्यमन्त्री सिंह र प्रशासनमन्त्री गुप्ताबीच भेटवार्ता

काठमाडौं : मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंह र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताबीच भेटवार्ता भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सिंहदरबारमा शुक्रबार भएको सो भेटमा मन्त्री र मुख्यमन्त्रीबीच मधेश प्रदेशका विभिन्न समस्याहरुका विषयमा छलफल भएको छ ।

ADVERTISEMENT

भेटमा मुख्यमन्त्री सिंहले मधेश प्रदेशमा कर्मचारीहरु जान नमान्ने र गएकाहरू पनि दक्ष नहुँदा कार्य सम्पादनमा समस्या भइहेको गुनासो पोखे । सरकारी कार्यालयहरूका कार्यसम्पादनमा समस्या आउँदा सर्वसाधारण सेवाग्राही मर्कामा पर्ने गरेको भन्दै उनले मधेश प्रदेशमा दक्ष र अनुभवी कर्मचारीहरु पठाउन आग्रह गरे ।

‘मधेशमा कर्मचारीहरू जान मानिरहनुभएको छैन । उहाँहरूका लागि काम गर्ने उपयुक्त वातावरण बनाउन हामी प्रयासरत छौँ । तर, दक्ष र अनुभवी कर्मचारीहरू पठाइदिनुहुन विनम्र आग्रह छ,’ मुख्यमन्त्री सिंहले संघीय मन्त्री गुप्तालाई अनुरोध गरे ।

मुख्यमन्त्री सिंहको कुरा सुनेपछि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ताले मधेश प्रदेशको समस्याबारे आफू स्वयम् जानकार र चिन्तित रहेको बताउँदै मुख्यमन्त्रीबाट भएको पहलप्रति खुसी ब्यक्त गरे । उनले मधेश प्रदेशको सो समस्या समाधान हुनेगरी आफूले कदम चाल्ने प्रतिवद्धता पनि ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: २०८१ भाद्र २८, शुक्रबार १८:३५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !