सरकारले सबै भन्दाबढी लगानी शिक्षामा गर्नुपर्छ : नेता यादव

सरकारले सबै भन्दाबढी लगानी शिक्षामा गर्नुपर्छ : नेता यादव
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २४, सोमबार ०९:२०
सरकारले सबै भन्दाबढी लगानी शिक्षामा गर्नुपर्छ : नेता यादव

राजविराज : जनमत पार्टी मधेश प्रदेश संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारले सबै भन्दाबढी लगानी शिक्षामा गर्नुपर्ने बताए ।

सप्तरीको राजविराज नगरपालिका-११ मा रहेको जनता आधारभूत विद्यालय माेतिपुरकाे नवनिर्मित दुई काेठे भवन जनमत पार्टी मधेश प्रदेशका संसदीय दलका नेता महेश प्रसाद यादवले आइतबार उद्घाटन गरेका छन् ।

सो वडाका वडाध्यक्ष उदितनारायण यादवकाे अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि मधेश प्रदेशका पुर्व शिक्षामन्त्री यादवले सामुदायिक विद्यालयमा खासगरी गरिव,दलित बालबालिकाहरु पढिरहेको बताए ।

‘अहिले जुन शिक्षाकाे आवश्यकता रहेकाे छ,शिक्षकहरुले त्याे अनुसारकाे शिक्षा दिइएको छैन’, उनले भने, ‘अव विद्यार्थीहरुलाई अनुशासित ,व्यवहारिक एवम् संस्कारिक शिक्षा सम्वन्धि ज्ञान सिकाउनु पर्छ।’

‘सामुदायिक विद्यालयका वालवालिकाहरु सप्तरीका भविष्य एवम् नगरपालिकाका कर्णधार पनि हाे । सरकारले सवै भन्दाबढी लगानी शिक्षामा गर्नु पर्छ। शिक्षा सुध्रियाे भने मात्र देश सुध्रिन्छ’ उनले भने ।

उनले जब सम्पूर्ण शिक्षकहरुले आ-आफनाे छाेराछाेरीहरुलाई सामुदायिक विद्यालयमा पढाउँदैन तब सम्म सामुदायिक विद्यालयकाे शिक्षामा सुधार आउन नसक्ने टिप्पणी गरे ।
कार्यक्रममा नियमित विद्यालयमा उपस्थित ,सवै भन्दा वढी रजिस्टारमा हाजिरी रहेकाे विद्यार्थीकाे अभिभावकलाई विद्यालयले सम्मान गरेको विद्यालयका प्रधानाध्यापक गंगा प्रसाद यादवले वताए ।

कार्यक्रममा दाता परिवारका शत्रुधन यादव,कपलेश्वर यादव ,अनिता कुमारी यादव ,जितेन्द्र यादव,सचिनान्द यादव, जगरनाथ यादव,समाजसेवी बद्री प्रसाद यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे ।

प्रधानाध्यापक गंगा प्रसाद यादवद्वारा संचालित कार्यक्रममा स्वागत शतिसचन्द्र झाले गरे ।

प्रकाशित मिति: २०८१ भाद्र २४, सोमबार ०९:२०

तपाईको प्रतिक्रिया !