सीके राउतको स्वागतमा मुख्यमन्त्रीदेखि प्रदेश सांसदसम्म

सीके राउतको स्वागतमा मुख्यमन्त्रीदेखि प्रदेश सांसदसम्म
मधेशपत्र मधेशपत्र २०८१ भाद्र २४, सोमबार १३:०१
सीके राउतको स्वागतमा मुख्यमन्त्रीदेखि प्रदेश सांसदसम्म

जनकपुरधाम : जनमत पार्टीका अध्यक्ष डा.सीके राउत पार्टीको भातृसंगठन  इन्जिनियर जनमत संघको कार्यक्रममा सहभागी हुन सोमबार मधेश प्रदेशको राजधानी जनकपुरधाम आएका छन् ।

बुद्ध एयरको विमानबाट सोमबार जनकपुरधाम आएका अध्यक्ष डा.राउतको जनकपुर विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

उनलाई स्वागत गर्नका लागि पार्टीका संगठन विभाग प्रमुख डा.जयकान्त राउत, प्रदेशका मुख्यमन्त्री एवम् पार्टी नेता सतिशकुमार सिँह, मधेश प्रदेशसभामा जनमत पार्टीको संसदीय दलका नेता महेशप्रसाद यादव, पार्टीका तर्फबाट प्रदेश सरकारमा सहभागी वन तथा वातावरण मन्त्री त्रिभुवन साह, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मियाँसहित सयौँ नेताकार्यकर्ता जनकपुर विमानस्थल पुगेका थिए ।

विमानस्थलमा जनकपुरधामको भानुचोकस्थित पार्टीको केन्द्रीय कार्यालय पुगेका अध्यक्ष डा.राउत पार्टीका धनुषा, महोत्तरी र सिरहा, सर्लाहीलगायत जिल्लाका नेताकार्यकर्तासँग भेटेर छलफल गरेका छन् ।

आज अपराह्न जनकपुरधाममा इन्जिनियर जनमत संघ र रिनले नेपाल इन्जिनियर्स एशोसिएसनको केन्द्रीय कार्यकारिणी समिति र प्रदेशको कार्यकारिणी समिति निर्वाचनका सन्दर्भमा आयोजना गर्ने उम्मेदवार परिचय तथा अन्तरक्रिर्या कार्यक्रमलाई डा.राउतले सम्बोधन गर्नेछन् ।

सो कार्यक्रम जनकपुरधामको मसला कटेजमा बेलुका ४ बजेबाट सुरु हुनेछ । अध्यक्ष राउतको आजै फर्कने कार्यक्रम छ ।

प्रकाशित मिति: २०८१ भाद्र २४, सोमबार १३:०१

तपाईको प्रतिक्रिया !