जनमत पार्टीका सचिवालय प्रमुख मण्डल सम्मानित

जनमत पार्टीका सचिवालय प्रमुख मण्डल सम्मानित
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८१ भाद्र १६, आईतवार १९:०७
जनमत पार्टीका सचिवालय प्रमुख मण्डल सम्मानित

जनकपुरधाम: जनमत पार्टीका केन्द्रिय सचिवालय प्रमुख राजेश मण्डल सम्मानित भएका छन्।

रौतहटको फतुवाबिजयपुर नगरपालिका -१० स्थित श्री माध्यमिक विद्यालय दुधिअवाका विद्यालय व्यवस्थापन समितिले गरेको सम्मान कार्यक्रममा मधेश प्रदेशका अर्थमन्त्री सुनिल कुमार यादवले सचिवालय प्रमुख मण्डललाई सम्मान गरेका छन्।

सचिवालय प्रमुख मण्डलले विद्यालयमा २०७४ साउन ८ गते देखि २०७८ पुस १ गतेसम्म कम्प्युटर सहायक प्रशिक्षकमा नियुक्त भई इमान्दारीपुर्वक र कर्तब्यनिष्ठ तथा उतरदायित्व निर्वाह गरेको मुल्यांकन गर्दै सम्मान गरेका छन्।

विद्यालयबाट राजीनामा दिदै सक्रिय राजनितिमा आएपछि सचिवालय प्रमुख मण्डललाई दुई वर्ष छ महिनापछि बिदाईसंगै सम्मानित भएका हुन् । विद्यालयलाई विविध आर्थिक तथा शैक्षिक सहयोग गर्दै आएको विद्यालयका प्र.अ रबिन्द्र प्रसाद साहले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवनाथ शिवाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा बुद्धिजीवी ,समाजसेवी,अभिभावक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार १९:०७

तपाईको प्रतिक्रिया !