वीरगंजमा सहिद राममनोहर यादवको सातौं स्मृति दिवस मनाइयो

वीरगंजमा सहिद राममनोहर यादवको सातौं स्मृति दिवस मनाइयो
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १६, आईतवार ०९:३३
वीरगंजमा सहिद राममनोहर यादवको सातौं स्मृति दिवस मनाइयो

वीरगंज: स्वराज आन्दोलनका प्रथम सहिद राममनोहर यादवको सातौं स्मृति दिवस मनाइएको छ ।

जनमत पार्टी पर्साद्वारा शनिबार वीरगंजको घण्टाघरमा सहिद राममनोहर यादवको आत्माको चिरशान्तीको लागि दिवप्रज्वलन गरि श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरेको छ ।

श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै जिल्ला संयोजक सरार्फले वीर सहिदको सपनालाई साकार पार्न आन्दोलनलाई थप उचाइमा पुर्याउनुपर्ने धारणा राखेका थिए ।

पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरू सिपु तिवारी, करिमा बेगम, अनुराग द्विवेदी, मुकेश द्विवेदी, हरहर साह, चन्दन चौहान, अनिता रौनियार, नजमा खातुन, अन्जना गुप्ता उपस्थिति रहेकोे थियो ।

त्यसैगरी , दिपेन्द्र यादव, संजय सिह, महादेव शर्मा, गगन देव यादव, मनोज साह, धिरेन्द्र पन्जियार, डा. असोक ठाकुर, अमरनाथ सिह राठौर, शशी पान्डे, बिष्णु कुशवहा, राजुराज गीरी, चन्चल साहलगायतका नेता कार्यकर्ताहरुको कार्यक्रममा सहभागिता रहेको संयोजक सरार्फले जानकारी दिए ।

प्रकाशित मिति: २०८१ भाद्र १६, आईतवार ०९:३३

तपाईको प्रतिक्रिया !