राममनोहर यादवको स्मृति दिवसमा अनाथालयमा खानेपानीको फिल्टर जडान

राममनोहर यादवको स्मृति दिवसमा अनाथालयमा खानेपानीको फिल्टर जडान
मधेशपत्र मधेशपत्र २०८१ भाद्र १५, शनिबार २०:५७
राममनोहर यादवको स्मृति दिवसमा अनाथालयमा खानेपानीको फिल्टर जडान

रौतहट : तत्कालीन स्वतन्त्र मधेश गठबन्धनका नेता राममनोहर यादवको स्मृति दिवसको अवसरमा एक अनाथालयमा खानेपानीको फिल्टर जडान गरेका छन् ।

रौतहटको गरुडा नगरपालिकामा रहेका
श्री वंशी राम जयसवाल अनाथालयमा शनिबार जनमत पार्टीका केन्द्रिय सदस्य रामलाल यादवले स्वराज आन्दोलनका प्रथम सहित राममनोहर यादवको ७ औं स्मृति दिवसको अवसर पारेर खानेपानीको फिल्टर जडान गरेका हुन् ।

तत्कालीन स्वास्थ्यमन्त्री रहेका उपेन्द्र यादव बर्दिया जिल्लाको एउटा कार्यक्रममा प्रश्न सोध्न आएको भन्दै मन्त्रीको निर्देशनमा २०७५ भदौ ७ गते कार्यक्रम स्थलबाटै प्रहरीले पक्राउ गरेको थियो।

प्रहरी हिरासतमा चरम यातनापछि भदौ १५ गते उनको हिरासतमै शंकास्पद मृत्यु भएको थियो।

प्रकाशित मिति: २०८१ भाद्र १५, शनिबार २०:५७

तपाईको प्रतिक्रिया !