जनकपुरधाम उद्योग वाणिज्य संघले तोक्यो उम्मेदवारी शुल्क , कुन पदमा कति ?

जनकपुरधाम उद्योग वाणिज्य संघले तोक्यो उम्मेदवारी शुल्क , कुन पदमा कति ?
मनोजकुमार मोरबैता मनोजकुमार मोरबैता २०८१ भाद्र १३, बिहीबार १४:३१
जनकपुरधाम उद्योग वाणिज्य संघले तोक्यो उम्मेदवारी शुल्क , कुन पदमा कति ?

जनकपुरधामः नयाँ कार्य समिति चयनका लागि जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन आगामी भदौं २९ गतेका लागि तोकिएको छ।

निर्वाचन समितिले भदौं ११ गते बसेको संघको बैठकले उम्मेदवारी शुल्क तोकेको र उम्मेदवारी फिर्ता लिएमा शुल्क फिर्ता नहुने अध्यक्ष ललित कुमार साहले जानकारी दिए ‌।

उनका अनुसार अध्यक्षमा ५५ हजार, बरिष्ट उपाध्यक्षमा ५१ हजार, उपाध्यक्षमा ५० हजार, महिला उपाध्यक्षमा ३० हजार र महासचिवमा ४५ हजार उम्मेदवारी शुल्क लिने निर्णय भएको छ ।

यस्तै सचिव, कोषाध्यक्ष, एशोसिएट सदस्य, संगठित सदस्य र सम्बद्ध सदस्याका लागि उम्मेदवारी शुल्क ४० हजार तोकिएको छ । कार्यसमिति सदस्यलाई २१ हजार र मतदाता नामावली शूल्क ५०० कायम गरिएको छ ।

निर्वाचनबाट संघको १७ सदस्यीय कार्यसमिति चयन गरिनेछ । अध्यक्षका लागि सुरेन्द्र भण्डारी, जीतेन्द्र प्रसाद साह र मनिष रमन साह उम्मेदवारी दिने घोषणा गरिसकेका छन् ।

 

प्रकाशित मिति: २०८१ भाद्र १३, बिहीबार १४:३१

तपाईको प्रतिक्रिया !