गाँपा अध्यक्ष–उपाध्यक्षविचको विवाद

गाँपा अध्यक्ष–उपाध्यक्षविचको विवाद
मधेशपत्र मधेशपत्र २०८० कार्तिक २८, मंगलवार १९:४७
गाँपा अध्यक्ष–उपाध्यक्षविचको विवाद

सिरहा । सिराहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष र उपाध्यक्ष विचको आपसि विवादमा कार्यालय प्रमुख हाजिरी गाराउन तानातान गरिरहेका छन् । गाँउपालिका अध्यक्ष संतोष कुमार महतो र उपाध्यक्ष ममता कुमारी यादवको व्यतिmगत विवादका कारण दुवैले आ–आफनो पक्षको हाकिमलाइ हाजिर गराउन तानातान गरिरहेका हुन। 295409168_104882018981008_2627693873343779591_n

प्रमुख प्रशासकीय अधीकृत हजिरी भएपनि पालिका भित्रको अन्तरविवादका कारण सेवाग्राही मार्कामा परेका छन्।

ADVERTISEMENT

समान्य प्रशासन मन्त्रालयको चलानी नं.१२६९ मिति २०७९ फागुन १४ को पत्रानुसार प्रमुख प्रशासकिय अधिकृत अशोक कुमार सिंह बरियारपट्टी गाउँपालिकामा हाजिर भएको थियो । तर, प्रप्रअ सिंह विवादित व्यक्ति रहेको जानकारी मन्त्रालयमा पुगेपछि सोही दिनको चलानी नं.१३४० को पत्रानुसार सुजित कुमार यादवलाई बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा तोकेर पठाएका छन् । मन्त्रालयले पठाएका यादव गाँपामा हाजिर भएपनि उपाध्यक्षले कामकाज गर्न अवरोध गरिरहेको कर्मचारीहरु बताउछन् ।

मन्त्रालयले पत्र दिएपछि प्रप्रअ यादव २०७९ फागुन २९ मा कार्यालयमा हाजिर भएर कामकाज शुरु गरेको छ । आफुहरुले प्रमुख प्रशासकिय अधिकृतको रुपमा मगाएका अशोक कुमार सिंहको ठाउँमा सुजित यादबलाई पठाएर मन्त्रालयले गल्ती गरेको बरियारपट्टी गाँउपालिकाका उपाध्यक्ष ममता कुमारी यादबको भनाई छ ,। उनले भनिन , ‘आफुहरुले प्रमुख प्रशासकिय अधिकृतको रुपमा ल्याएको सिंह नै यहाँ हाकिम भएर बस्नुपर्छ,’हामिले मङगाएका अशोक सिंह हाकिमको रुपमा नरहे आफुहरुले कसैको कुरा स्वीकार गर्ने पक्षमा छैन् ,।’ ‘उपाध्यक्ष यादवले पालिका चलाउन सक्षम व्यतिm चाहीन्छ, ज’न वहाँमा छ,। सिंह नै राम्रो रहेको भन्दै उनैलाई हाकिमको रुपमा राख्न बहुमत प्रस्तुत गर्दै विभिन्न प्रयास थाल्दै आएका छन् ।

अशोक कुमार सिंह आर्थिक बर्ष २०७५÷०७६ र ०७६÷०७७ मा बरियारपट्टी गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत भएर काम गरेको व्यक्ति हो । उनको कार्यकालमा गाउँ कार्यपालिकासँग विवाद भएको कुरा जिल्ला प्रशासन हुँदै मन्त्रालयसम्म पुगेको थियो । तत्कालिन समयमा अशोक कुमार सिंह र गापा अध्यक्ष सन्तोष महतो तथा अन्य सदस्यहरुबीच हात हाला—हालसम्म हुन पुगेको थियो ।

‘कार्यालयको कामकाजमा ढिलासुस्ती गर्दा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंहलाई सम्झाउ–बुझाउ गरेको कुरालाई व्यतिmगत रुपमा लिएर अझ समस्या सृजना गर्न खोजेको थियो,।’ ‘गाँपा अध्यक्ष सन्तोष कुमार महतोले भने,‘अशोक कुमारको रबैयालाई गाउँ कार्यपालिकाले निगरानीमा राखेर कडाई गर्न खोज्दा विवाद भएको थियो ।’

‘कार्यपालिकाको कुरालाई अन्यथा लिएर विवाद चर्काउन खोज्यो । समयमा कार्यालय आउन छोडे । कार्यालयको कागजातहरुलाई राम्रोसँग अभिलेख राख्न लापरवाही ग¥यो,’ गापा अध्यक्ष महतोले भने,‘तत्कालिन प्रमुख प्रशासकिय अधिकृत सिंहको रबैया ठिक नभएको ठम्याईका साथ कार्यापालिकाको अनुरोधमा मन्त्रालयले अन्यत्र सरुवा गरिएको थियो ।’upadhyax

पहिलो कार्यकालमा विवाद चर्काएका प्रमुख प्रशासकिय अधिकृतलाई फेरि पनि पालिकामा ल्याएर उपाध्यक्ष ममता कुमारी यादवले सुल्झेको विवादमा मल–जल दिएर बिवाद बल्झाएर विकासको गति रोक्न खोजेको बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष कुमार महतोले  आरोप लगाएका छन् । कार्यपालिकामा बहुमत नभएपनि पालिकाको चौतर्फी विकासका लागि काम गर्न खोजेको तर उपाध्यक्षले बहुमत र पहुँचको आडमा विवाद चर्काएर रोकावट गर्न खोजेको उनले प्रष्ट पारे । विकासको नीति तथा प्रक्रियालाई पाखा लगाएर उपाध्यक्ष यादवले व्यक्तिवादी नीतिका साथ अगाडि बढन् खोजेको उनले आरोप लगाएका छन् ।

शान्त र सालिनका साथ काम गर्दै आएका प्रमुख प्रशासकिय अधिकृत राजगीर महतोलाई उपाध्यक्ष पक्षले पावर र पहुँचको प्रयोग गरेर गोप्य रुपमा सरुवा गराएको बरियारपट्टी गाउँपालिका ३ नं.वडाका वडाध्यक्ष बिनोद कुमार यादवले बताए । ‘हाकिम फेर्नै थियो भने विवादित व्यक्तिलाई नल्याएर हुन्थ्यो,। तर उपाध्यक्षले बलमिचाई गरी व्यतिmगत इखालु साध्न विवादित बनाउन खोजेको हो,।’ ‘वडाध्यक्ष यादवले भने,‘उपाध्यक्ष पक्ष बहुमतमा छ । बहुमत हुँदैमा जेपनि गर्न मिल्दैन् । जनप्रतिनिधिले जनताको विकास गर्नका लागि चुनिएको हा।े पुराना विवादलाई सल्काएर विकासको गति रोक्ने काम गर्नु हुँदैन् भने उनको धारना छ।’

‘अघिल्लो कार्यकालमा विवादित भएका अशोक कुमार सिंहलाई पालिकाको प्रमुख प्रशासकिय अधिकृतको रुपमा राखेर पालिकाको नोक्सानी र परेसानी वाहेक केही हुनेवाला छैन्,’वडाध्यक्ष यादवले थप्दै भने,‘विवादित भन्दा अरु व्यक्तिलाई प्रमुख प्रशासकिय अधिकृतको रुपमा राखेर पालिकाको कामकाज सुचारु गराउन सबैपक्षसँग आग्रह गर्दछु । हाकिम यो वा त्यो किन ? जसले पनि नियम अनुसार काम गर्ने हो ।

गाँउपालिका अध्यक्ष जनता समाजवादी पार्टीबाट टिकेट लिइ दोस्रो कार्यकालका लागी निर्वाचित भएपनि कार्यपालिकामा भन्ने नेपालि काङग्रेसको बहुमत रहेको छ । पालिका उपाध्यक्ष सहित  पाँचवटा वडा मध्येय ४ वटामा नेपालिकाङग्रेस निवार्चित भएका छन् । स्थानियतहको निवार्चन सके लगतै निवार्चित जनप्रतिनिधि विच पार्टिगत र व्यतिmगत विवादका कारण विकास निमार्ण लगायतका कामकाज पुर्णरुपमा ठप्पहुदा सेवाग्रही मार्कामा परेको स्थानियहरु बताउँछन् ।

प्रकाशित मिति: २०८० कार्तिक २८, मंगलवार १९:४७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !