लुम्बिनी प्रदेशसभा सदस्यमा नीलम पासवानले लिइन् पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशसभा सदस्यमा नीलम पासवानले लिइन् पद तथा गोपनीयताको शपथ
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १४, शुक्रबार १७:०१
लुम्बिनी प्रदेशसभा सदस्यमा नीलम पासवानले लिइन् पद तथा गोपनीयताको शपथ

भैरहवा : लुम्बिनी प्रदेशसभामा जनमत पार्टीबाट समानुपातिकतर्फ निर्वाचित नीलम पासवानले शुक्रबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छन्।

सभामुख तुलाराम घर्तीमगरले पासवानलाई शपथ गराएका हुन्। रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका–३ की पासवान जनमत पार्टीकी कार्यकारिणी सदस्य समेत हुन्।

ADVERTISEMENT

निर्वाचन आयोगले समानुपातिक प्रणालीअन्तर्गत दलित क्लस्टरको सूचीमा चौथो नम्बरमा रहेकी पासवानलाई प्रदेशसभा सदस्यको रूपमा घोषणा गरेको थियो।

पूर्व प्रदेशसभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएपछि सो स्थान रिक्त भएको थियो। जनमत पार्टीले क्लस्टरअनुसार नाम सिफारिस गरेपछि पासवानलाई सदस्य नियुक्त गरिएको हो।

लुम्बिनी प्रदेशसभामा कुल ८७ सदस्य रहेका छन्, जसमा जनमत पार्टीका तीन जना सदस्य छन्।

प्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार १७:०१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !