चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते

चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ कार्तिक १४, शुक्रबार ०७:११
चितवनको टिकौली जंगलमा बस दुर्घटना, ३३ जना घाइते

काठमाडौं : गौरबाट काठमाडौँतर्फ जाँदै गरेको एक बस आज बिहान भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा दुर्घटनाग्रस्त हुँदा ३३ जना घाइते भएका छन्।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार घाइतेहरूलाई तत्काल उद्धार गरी चितवन मेडिकल कलेज, नेशनल सिटी अस्पताल र भरतपुर अस्पतालमा उपचारका लागि पठाइएको छ। सबै घाइतेहरूको अवस्था सामान्य रहेको बताइएको छ।

ADVERTISEMENT

दुर्घटनाका कारण केही समय अबरुद्ध भएको सडक अहिले सञ्चालनमा आएको छ।

प्रकाशित मिति: २०८२ कार्तिक १४, शुक्रबार ०७:११
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !