जनमत पार्टीले गठन गर्‍यो ‘जेन-जी जनमत संघ’

जनमत पार्टीले गठन गर्‍यो ‘जेन-जी जनमत संघ’
मधेशपत्र मधेशपत्र २०८२ आश्विन १९, आईतवार १८:३७
जनमत पार्टीले गठन गर्‍यो ‘जेन-जी जनमत संघ’

जनकपुरधाम : जनमत पार्टीले आफ्नो युवा संगठनको रूपमा ‘जेन-जी जनमत संघ’ गठन गरेको छ। पार्टी अध्यक्ष डा. सीके राउतले आइतबार सामाजिक सञ्जालमार्फत संघ गठन भएको जानकारी दिएका हुन्।

राउतले जेन-जी जनमत संघका युवाहरुलाई देशभर बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा स्थानीय सरकार, प्रहरी र प्रशासनसँग समन्वय गरेर राहत तथा उद्धार कार्यमा जुट्न आह्वान गरेका छन्।

ADVERTISEMENT

उनले जनमत पार्टीलाई “जेन-जीको पार्टी” भन्दै, “अब जे गर्छ, जेन-जीले गर्छ!” भन्ने नारासहित नयाँ संगठनमार्फत राजनीतिक र शासकीय सुधारका महत्वाकांक्षी एजेन्डा अघि सारिएको बताए।

पार्टीले अघि सारेका मुख्य एजेन्डामा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रप्रमुख, निर्वाचनमा ‘राइट टु रिजेक्ट’ र ‘राइट टु रिकल’ को व्यवस्था, ३० हजार युवालाई प्रदेश प्रहरीमा भर्ना, विज्ञलाई मन्त्री बनाउने, र न्यायपालिका तथा संवैधानिक निकायका प्रमुखहरूलाई पनि निर्वाचित गर्ने प्रस्तावहरू समावेश छन्।

प्रकाशित मिति: २०८२ आश्विन १९, आईतवार १८:३७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !