मन्त्री महावीर पुनको आग्रह : ‘अनावश्यक फोन र मेसेज नगर्नुहोस्’

मन्त्री महावीर पुनको आग्रह : ‘अनावश्यक फोन र मेसेज नगर्नुहोस्’
मधेशपत्र मधेशपत्र २०८२ आश्विन ८, बुधबार १५:२९
मन्त्री महावीर पुनको आग्रह : ‘अनावश्यक फोन र मेसेज नगर्नुहोस्’

काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले आफूलाई अनावश्यक फोन र मेसेज नगर्न आग्रह गरेका छन्।

फेसबुकमार्फत सार्वजनिक अपिल गर्दै मन्त्री पुनले अस्तीदेखि मोबाइल, मेसिन्जर र ह्वाट्सएपमा हजारौं कल र सन्देश आइरहेको बताए। आफू हाल मन्त्रालयमा सिर्जनशील र सक्षम टिम बनाउन व्यस्त रहेको उल्लेख गर्दै उनले केही दिनको लागि अनावश्यक सम्पर्क नगर्न आग्रह गरेका हुन्।

ADVERTISEMENT

‘म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टीम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला,’ उनले स्टाटसमा लेखेका छन्।

पुन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा शिक्षामन्त्री बनेका हुन्। मन्त्री पद सम्हालेपछि उनले मन्त्रालयमै डेरा बनाएर काम थालेका छन् ।

प्रकाशित मिति: २०८२ आश्विन ८, बुधबार १५:२९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !