विद्यार्थी संगठनको ९ बुँदे मागसहित कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

विद्यार्थी संगठनको ९ बुँदे मागसहित कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १७, मंगलवार १४:५०
विद्यार्थी संगठनको ९ बुँदे मागसहित कार्यवाहक प्रधानमन्त्री सिंहलाई ज्ञापनपत्र

काठमाडौं : विद्यार्थीमैत्री शिक्षा ऐन लागू गर्नुपर्ने मागसहित संयुक्त विद्यार्थी संगठनले कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहलाई ज्ञापनपत्र बुझाएको छ।

संयुक्त विद्यार्थी संगठनको तर्फबाट अनेरास्ववियू (क्रान्तिकारी) का महासचिव रोशन थापा मगरले ९ बुँदे मागपत्र वाचन गरेर सुनाए।

ADVERTISEMENT

शिक्षा क्षेत्रमा निजीकरण र व्यापारीकरणले ल्याएको विकृति अन्त्य गरी शिक्षालाई व्यावसायिक नभई सेवामुखी क्षेत्रको रूपमा विकास गर्नुपर्ने, संविधानले निर्दिष्ट गरेअनुसार सबै तहको शिक्षा क्रमशः पूर्ण निःशुल्क बनाउनुपर्ने उनीहरूको माग छ। साथै, नयाँ निजी शिक्षण संस्था खोल्न दिनेलाई स्थायी रूपमा रोक लगाउनुपर्ने मागसमेत गरिएको छ।

प्रस्तावित शिक्षा विधेयकमा राखिएको शिक्षक सेवा प्रवेश उमेरहद र शैक्षिक योग्यता सम्बन्धी व्यवस्थाले दक्ष शिक्षक अभावको अवस्था सिर्जना गर्ने भन्दै त्यसलाई खारेज गरी साविककै १८–४० वर्ष उमेरहद र पूर्ववत् योग्यता कायम गर्नुपर्ने माग उनीहरूले गरेका छन्।

यस्तै, शिक्षक, कर्मचारी, जनप्रतिनिधि लगायत राज्य कोषबाट सुविधा लिने जोसुकैका सन्तान अनिवार्य रूपमा सार्वजनिक विद्यालयमै पढ्नुपर्ने व्यवस्था कानुनमै समावेश गर्नुपर्ने उनीहरूको जोड छ।

प्रकाशित मिति: २०८२ भाद्र १७, मंगलवार १४:५०
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !