जनकपुरधाम–१७ मा पोखरी सरसफाइ, स्थानीय युवाहरुको सक्रिय सहभागिता

जनकपुरधाम–१७ मा पोखरी सरसफाइ, स्थानीय युवाहरुको सक्रिय सहभागिता
मधेशपत्र मधेशपत्र २०८२ भाद्र १४, शनिबार २०:०६
जनकपुरधाम–१७ मा पोखरी सरसफाइ, स्थानीय युवाहरुको सक्रिय सहभागिता

जनकपुरधाम : जनकपुरधाम उपमहानगरपालिका–१७ मा रहेको पोखरी सरसफाइ कार्यक्रम आज (शनिबार) सम्पन्न भएको छ।

अजय यादवको अगुवाइमा आयोजित सरसफाइ अभियानमा स्थानीय बासिन्दा, युवा तथा समाजसेवीहरूको सक्रिय सहभागिता रहेको थियो।

ADVERTISEMENT

सहभागीहरूले पोखरी सरसफाइलाई केवल सफाइ अभियान मात्र नभई धार्मिक–सांस्कृतिक सम्पदा संरक्षण र पर्यटन प्रवर्द्धनसँग जोडिएको महत्त्वपूर्ण पहलका रूपमा लिएका छन्।

उनका अनुसार यस किसिमका निरन्तर प्रयासहरूले सरसफाइसँगै स्वस्थ वातावरण निर्माणमा समेत सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: २०८२ भाद्र १४, शनिबार २०:०६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !