एक दर्जन कांग्रेस नेताकार्यकर्ता जनमत प्रवेश, मन्त्री कुशवाहाले गरे स्वागत

एक दर्जन कांग्रेस नेताकार्यकर्ता जनमत प्रवेश, मन्त्री कुशवाहाले गरे स्वागत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार २१:२७
एक दर्जन कांग्रेस नेताकार्यकर्ता जनमत प्रवेश, मन्त्री कुशवाहाले गरे स्वागत

जनकपुरधाम : नेपाली कांग्रेस सर्लाहीका एक दर्जन नेता–कार्यकर्ताले पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश गरेका छन्।

सोमबार जनकपुरधाममा आयोजित कार्यक्रममा उनीहरूले जनमत पार्टीको सदस्यता ग्रहण गरेका हुन्।

ADVERTISEMENT

राष्ट्रिय परिषद सदस्य इन्जिनियर त्रिभुवन सिंहको नेतृत्वमा भएको कार्यक्रममा बरहथवा नगरपालिका–७ का स्थानीयवासी तथा नेपाल दूध संस्थानका अवकाशप्राप्त कार्यालय प्रमुख गगन्देव साह, प्रेम साह, बरहथवा–३ का इन्जिनियर हृदय नारायण कुशवाहा, बरहथवा–५ का सञ्जय गुप्ता र बरहथवा–१३ का शिवपूजन साहसहित एक दर्जन नेता–कार्यकर्ताले कांग्रेस छाडेर जनमत प्रवेश गरेका हुन्।

उनीहरूलाई जनमत पार्टीका उपाध्यक्ष तथा मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री इन्जिनियर बसन्त कुशवाहाले स्वागत गरे।

कार्यक्रममा मन्त्री कुशवाहाले नयाँ सदस्यहरूको प्रवेशले जनमत पार्टीलाई थप सशक्त बनाउने उल्लेख गर्दै समाज रूपान्तरण, विकास र सुशासनको अभियानमा सक्रिय योगदान दिने विश्वास व्यक्त गरे।

जनमत पार्टीका अन्य नेताहरूले पनि नवप्रवेशीलाई स्वागत गर्दै पार्टीमा आबद्ध भएकोमा धन्यवाद ज्ञापन गरेका थिए।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार २१:२७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !