मलेसियामा दुई दर्जन युवा जनमत प्रवेश,मुख्यमन्त्री सिंहद्वारा स्वागत

मलेसियामा दुई दर्जन युवा जनमत प्रवेश,मुख्यमन्त्री सिंहद्वारा स्वागत
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ९, सोमबार १२:०९
मलेसियामा दुई दर्जन युवा जनमत प्रवेश,मुख्यमन्त्री सिंहद्वारा स्वागत

क्वालालम्पुर : जनमत पार्टी नेता तथा मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मलेसियामा रहेका दुई दर्जन नेपाली युवालाई जनमत पार्टीमा प्रवेश गराएका छन्।

विगत लामो समयदेखि वैदेशिक रोजगारीमा रहेका ती युवाहरू जनमत पार्टीको विदेश विभाग अन्तर्गतको संगठन गैरआवासीय मधेसी संघको सदस्यता ग्रहण गर्दै विधिवत रूपमा पार्टीमा प्रवेश गरेका हुन्।

ADVERTISEMENT

पार्टी प्रवेश गर्नेहरूमा राम प्रवेश कुमार, हरिन्द्र प्रसाद यादव, नवीन कुमार यादव, नागेन्द्र यादव, चन्दन राय यादव, बिकेश कुमार यादव, संजय महतो, अजय राउत, सुबोध यादव, विजय साह, अजय यादवसहित दुई दर्जन नेपाली रहेका छन्।

मुख्यमन्त्री सिंहले नवप्रवेशीलाई गैरआवासीय मधेसी संघको सदस्यता हस्तान्तरण गरेका थिए।

संघ प्रवासमा रहेका मधेशीहरूको छाता संगठन हो। वैदेशिक रोजगारीका क्रममा समस्यामा परेकाहरूको उद्धारदेखि आर्थिक सहयोगसम्मका कार्य गर्दै आएको संघ हाल विश्वका ५४ देशमा विस्तार भएको संघका मलेसिया अध्यक्ष महेश्वर यादव निरालाले जानकारी दिए।

संघले शिक्षा, स्वास्थ्य, सांस्कृतिक सम्पदा संरक्षण र प्रवासी मधेशीहरूबीच आपसी एकता मजबुत बनाउन निरन्तर गतिविधि सञ्चालन गर्दै आएको छ। यसमार्फत प्रवासी र स्वदेशबीचको सम्बन्ध अझ सुदृढ हुने अपेक्षा गरिएको छ।

कार्यक्रममा जनमत पार्टी सर्लाही इन्चार्ज श्रीचन यादव, पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सरार्फ, संघका मलेसिया अध्यक्ष महेश्वर यादव निराला, उपाध्यक्ष जितेन्द्र यादव, शंकर दास, जितेन्द्र माझी, नविन भण्डारीलगायत पदाधिकारीहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ भाद्र ९, सोमबार १२:०९
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !