सर्लाहीमा दर्जनौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

सर्लाहीमा दर्जनौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र ८, आईतवार ११:३१
सर्लाहीमा दर्जनौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश

सर्लाही : सर्लाहीको कबिलासी नगरपालिकामा विभिन्न पार्टी परित्याग गर्दै दर्जनौं नेता–कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

शनिबार कबिलासी–५ मा जनमत पार्टीका नगर अध्यक्ष प्रमोद पासवानको अध्यक्षतामा आयोजित भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा दुई दर्जनभन्दा बढी नेता–कार्यकर्ताले प्रवेश गरेका हुन्।

ADVERTISEMENT

उनीहरूलाई युवा जनमत संघ मधेश प्रदेश अध्यक्ष रिक्की सिंहको पहलमा पार्टीमा स्वागत गरिएको हो।

कार्यक्रममा मधेश प्रदेश उपाध्यक्ष भारत चौधरी प्रमुख अतिथि रहेका थिए। विशिष्ट अतिथिमा युवा नेता नेहाल सिंह, महेश पासवान, दिलीप कर्ण, सुबोध मण्डल र राजेश यादव सहभागी थिए।

जनमत पार्टीमा प्रवेश गरेका नवप्रवेशीहरूलाई उपस्थित नेताहरूले बधाई तथा शुभकामना दिएका छन्।

प्रकाशित मिति: २०८२ भाद्र ८, आईतवार ११:३१
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !