कांग्रेसका नेताहरु जनमत पार्टीमा प्रवेश

कांग्रेसका नेताहरु जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ भाद्र २, सोमबार १७:३६
कांग्रेसका नेताहरु जनमत पार्टीमा प्रवेश

काठमाडौं : नेपाली कांग्रेस सर्लाहीका नेता राजीव कुमार मिश्रको नेतृत्वमा दर्जनौं नेता तथा कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन्।

सर्लाहीको बलरा नगरपालिका–३ निवासी मिश्रसहितको समूहले नेपाली कांग्रेस परित्याग गरी सोमबार काठमाडौंस्थित जनमत पार्टीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी प्रवेश गरेका हुन्।

ADVERTISEMENT

उनीहरूलाई जनमत पार्टीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र चौधरी, मधेश प्रदेशका मुख्यमन्त्री तथा पार्टी वरिष्ठ नेता सतिश कुमार सिंह, पार्टीका प्रवक्ता शरद सिंह यादव, केन्द्रीय कार्यकारिणी सदस्य संजयकुमार सिंह, सर्लाही इञ्चार्ज श्रीचन यादवलगायत नेताहरूले स्वागत गरे।

कार्यक्रममा बोल्दै नेताहरूले देश र मधेशको हितका लागि जनमत पार्टी वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढिरहेको दाबी गरे। पार्टीले छोटो समयमा नै जनताको विश्वास जित्दै गएको उनीहरूको भनाइ थियो।

मधेशका विभिन्न जिल्लामा जनमत पार्टीप्रतिको आकर्षण बढ्दै गएको पार्टीले जनाएको छ।

प्रकाशित मिति: २०८२ भाद्र २, सोमबार १७:३६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !