जसपामा ठूलो धक्का : प्रमोद गुप्ता र पारस साहसहित ५०० जना जनमत पार्टीमा प्रवेश

जसपामा ठूलो धक्का : प्रमोद गुप्ता र पारस साहसहित ५०० जना जनमत पार्टीमा प्रवेश
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ५, सोमबार १६:१५
जसपामा ठूलो धक्का : प्रमोद गुप्ता र पारस साहसहित ५०० जना जनमत पार्टीमा प्रवेश

कलैया : राजनीतिक रुपमा सक्रिय मानिने बारा जिल्लामा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)लाई ठूलो धक्का लागेको छ। पूर्वसंविधानसभा सदस्य प्रमोद प्रसाद गुप्ता र पूर्वप्रदेशसभा सदस्य पारस प्रसाद साहसहित करिब ५०० जना नेता तथा कार्यकर्ताले पार्टी परित्याग गरेका छन्।

उनीहरूले सोमबार बारा जिल्लाको कलैयामा आयोजित एक कार्यक्रममा जनमत पार्टीमा प्रवेश गरेका हुन्। कार्यक्रममा जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नवप्रवेशीहरूको स्वागत गर्दै जनमत पार्टीको संगठन विस्तारमा यो कदम निर्णायक हुने बताए।

ADVERTISEMENT

गुप्ता र साह दुवै यसअघि उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अलग्गिएर बनेको अशोक राईको जनता समाजवादी पार्टीमा सक्रिय थिए। संघीय सरकारमा खानेपानी मन्त्री रहेका प्रदीप यादवका राजनीतिक सल्लाहकारसमेत रहेका प्रमोद गुप्ता र मधेश राजनीतिमा प्रभाव राख्ने पारस साहको जनमत प्रवेशलाई स्थानीय राजनीतिक समीकरणमा महत्वपूर्ण रूपमा हेरिएको छ।

जनमत पार्टीमा प्रवेशसँगै बारामा पार्टीको संगठनात्मक उपस्थिति थप बलियो हुने विश्वास गरिएको छ। स्थानीय विश्लेषकहरूका अनुसार आगामी निर्वाचनमा जनमत पार्टीले बारा क्षेत्रमा फाइदा उठाउने संकेत देखिएको छ।

पार्टी प्रवेश कार्यक्रम मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंह, उद्योगमन्त्री इञ्जिनियर बसन्त कुशवाहा, वनमन्त्री संजय यादव लगायत बारा र पर्साका जनमत नेताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०८२ श्रावण ५, सोमबार १६:१५
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !