सिराहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिराहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते
मधेशपत्र मधेशपत्र २०८२ श्रावण ४, आईतवार १८:१७
सिराहा कारागारमा कैदीबन्दीबीच झडप, १३ जना घाइते

सिराहा : जिल्ला कारागार सिराहामा आइतबार अपराह्न कैदीबन्दीहरूबीच दोहोरो झडप हुँदा १३ जना घाइते भएका छन्।

सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार झडपमा परेका घाइतेहरूलाई उपचारका लागि प्रादेशिक अस्पताल सिराहा पठाइएको छ। कारागार प्रशासन र सुरक्षा अधिकारीहरूको टोलीले घटनास्थल पुगेर आवश्यक सोधपुछ गरिरहेको उनले जानकारी दिए।

ADVERTISEMENT

“अहिले अवस्था सामान्य रहेको छ,” बरालले भने, “घटनाबारे प्रारम्भिक छानबिनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरीक्षकसहितको टोली कारागार पुगेको छ।”

क्षमताभन्दा साढे तीन गुणा बढी कैदीबन्दी रहेका कारण सिराहा कारागारमा विभिन्न समस्या देखिँदै आएका छन्। अवैध कारोबार हुने आशंकामा शनिबार बिहान जिल्ला प्रशासन कार्यालय सिराहाको नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसहितको टोलीले कैदीबन्दी बसेका सबै कोठाहरूमा सर्च अपरेसन चलाएको थियो।

सर्च अपरेसनको भोलिपल्टै कैदीबन्दीहरूबीच दोहोरो झडप भएको हो।

प्रकाशित मिति: २०८२ श्रावण ४, आईतवार १८:१७
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !