रास्वपाबाट निलम्बित डा. मुकुल ढकालको मुद्दामा सर्वोच्चको आदेश : कारबाहीको सक्कल कपी पेश गर्न निर्देश

रास्वपाबाट निलम्बित डा. मुकुल ढकालको मुद्दामा सर्वोच्चको आदेश : कारबाहीको सक्कल कपी पेश गर्न निर्देश
मधेशपत्र मधेशपत्र २०८२ असार २९, आईतवार १६:४६
रास्वपाबाट निलम्बित डा. मुकुल ढकालको मुद्दामा सर्वोच्चको आदेश : कारबाहीको सक्कल कपी पेश गर्न निर्देश

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निलम्बित महासचिव डा. मुकुल ढकालले दायर गरेको मुद्दामा सर्वोच्च अदालतले पार्टीको कारबाही सम्बन्धी सक्कल कागजात झिकाउन आदेश दिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश हरिप्रसाद नित्यानन्द पाण्डेयको एकल इजलासले आइतबार ढकालको रिटमा प्रारम्भिक सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

ADVERTISEMENT

ढकालले रास्वपाको महामन्त्री पदबाट हटाइएको विषयमा न्याय खोज्दै सर्वोच्चमा रिट दायर गरेका थिए। रास्वपाले गत असार २८ गते उनलाई महासचिव पदबाट हटाएको थियो। पार्टी नेतृत्वसँग आन्तरिक विवाद बढेसँगै उनलाई निलम्बन गरिएको थियो।

सर्वोच्चको आदेशमा रास्वपाले गरेको कारबाहीको सक्कल कपी पेस गर्न भनिएको छ। अदालतको यो आदेशसँगै ढकालको मुद्दा अब थप सुनुवाइका लागि अघि बढ्नेछ।

प्रकाशित मिति: २०८२ असार २९, आईतवार १६:४६
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !