‘पेस्तोल डान्स’ भिडियोबारे जसपा नेतृ डा. बबी सिंह यादवको स्पष्टीकरण

‘पेस्तोल डान्स’ भिडियोबारे जसपा नेतृ डा. बबी सिंह यादवको स्पष्टीकरण
मधेशपत्र मधेशपत्र २०८२ बैशाख १८, बिहीबार ११:०३
‘पेस्तोल डान्स’ भिडियोबारे जसपा नेतृ डा. बबी सिंह यादवको स्पष्टीकरण

काठमाडौं : विवाह समारोहमा ‘पेस्तोल डान्स’ गरेको भिडियो भाइरल भएपछि जनता समाजवादी पार्टी (जसपा) नेपालकी नेतृ डा. बबी सिंह यादवले त्यो भिडियोमा प्रयोग गरिएको हतियार खेलौना बन्दुक भएको स्पष्ट पार्दै सार्वजनिक प्रतिक्रिया दिएकी छन्।

उनले सामाजिक सञ्जालमा सार्वजनिक गरेको स्पष्टीकरणमा भनिएको छ, “भाइरल भइरहेको उक्त भिडियोमा मैले रेन्जर टोय नामक खेलौनाबाट फायर गरेको देखिन्छ, जुन नितान्त मनोरञ्जनको उद्देश्यले गरिएको हो। कृपया यसलाई अतिरञ्जित नगर्नुहुन सबैमा अनुरोध गर्दछु।”

ADVERTISEMENT

भिडियोमा उनले विवाह समारोहमा नाच्दै खेलौना बन्दुकबाट हावामा फायर गरेजस्तो दृश्य देखिएको थियो, जसले सामाजिक सञ्जालमा आलोचना र चासो दुवै उत्पन्न गराएको छ।

प्रकाशित मिति: २०८२ बैशाख १८, बिहीबार ११:०३
मधेशपत्र

मधेशपत्र

लेखक


तपाईको प्रतिक्रिया !